सर्भरमा समस्या देखिएपछि नायब सुब्बाको आवेदन दिने म्याथ थपियो

काठमाडौं, माघ १८ । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदमा आवेदन फारम भर्ने म्याथ थपेको छ ।

आवेदन फाराम भर्ने आयोगको साइटमा समस्या देखिएपछि म्याद थपिएको हो । वेभसाइट ढिलो खुल्ने र आवेदन गर्ने पेजसम्म नपुगि रोकिने समस्या देखिएको थियो ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिन म्याद थप गरिएको बताए ।

अब आवेदकहरुले यही माघ २१ गतेसम्म फारम भर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म थपिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: