क्रान्तिकारीले नेविसंघलाई भन्यो- ‘स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल बन्द होस्’

सिन्धुपाल्चोक, माघ १८ । स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल रोक्त अनेरास्ववियु क्रान्तिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई आग्रह गरेको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले विगत आठ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव कुनै वहानामा पनि रोकिन नहुँने भन्दै चुनाव विरोधी गतिविधि तत्काल रोक्न नेविसंघलाई आग्रह गरका हुन् ।

सिन्धुपाल्चोकको मेलाञ्चीमा आयोजित अखिल (क्रान्तिकारी)को जिल्ला एकता भेलामा बोल्दै अध्यक्ष न्यौपानेले नेविसंघका केन्द्रका नेताहरु स्ववियु चुनावमा सकारात्मक भएपनि तल्लो तहका असन्तुष्ट पक्षले कतिपय कलेजमा ताला लगाउने जस्ता गतिविधि गरेकाले त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।

उनले भने ‘नेविसंघको मुल नेतृत्व चुनावप्रति प्रतिवद्ध भएको पाएका छौं तर तलका कार्यकर्ताले चुनावको मुखमा आएर क्याम्पसमा ताला लगाउने काम गरिहेका छन्, यस्ता गतिविधिले चुनावको माहौल विगार्छ।’

‘नेविसंघले तत्काल आफ्नो आन्तरिक समस्या मिलाओस्’ – न्यौपानेले भने– ‘अब आफ्नो प्रतिवद्धतालाई ब्यवहारमा उतार्न ढिलाइ गर्नु हुंदैन।’

कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका युवा नेता माधवप्रसाद सापकोटाले क्रान्तिकारीले स्ववियु चुनाव मार्फत माओवादी पुनर्जागरणको नेतृत्व गर्नुपर्ने बताए ।
कार्यक्रममा क्रान्तिकारीका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले आगामी स्ववियु चुनावमा क्रान्तिकारीलाई एक नम्वर वनाउन आग्रह गरे ।

क्रान्तिकारीका सचिव तथा ३ नं प्रदेशका संयोजक विजय गौतमले स्ववियु चुनावलाई कुनै तागतले रोक्न नसक्ने दावी गरे। विद्यार्थी स्वयंसेवकका सचिव केशव रावल,३ नं प्रदेशका सहसंयोजक चिरञ्जीवी कट्टेल लगायतको सहभागीता रहेको भेलाले सिपि दुलाललाई अध्यक्ष चयन गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: