सन्नी श्रीमानको सल्लाहबिना चलचित्र खेल्दिन

माघ १८ । हालैमात्र रिलिज भएको बलिउड फिल्म ‘रइस’ मा अभिनेत्री सन्नी लियोनको ‘लैला ओ लैला’ भन्ने आइटम गीतले चर्चा पाएको छ।

यसै मौका उनले आफ्नो श्रीमान्सँग खिचेको तस्विर सार्वजनिक गरेकी छिन् । हालैमात्र उनले सामाजिक संजालमा सार्वजनिक गरिएको तस्विरमा सन्नी उनका श्रीमान डेनियलसँगै बाथटबमा बसेकी छिन् ।

बलिउड क्षेत्रमा पोर्नस्टारबाट चर्चा पाएकी अभिनेत्री सन्नी लियोनले अहिले यसै क्षेत्रबाट आफ्नो करिअर बनाउने क्रममा छिन् ।

बलिउड क्षेत्रबाटै डेनियलले आफ्नो करिअर सुरु गरेका थिए भने अहिले उनका श्रीमान् उनका बिजनेश मेनेजर हुन् भने उनी आफ्नो श्रीमानको सल्लाहबिना कुनै चलचित्रमा काम गर्दिनन् ।

डेनियलका अनुसार सन्नीलाई पहिलो पटक उनले लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए ।

जुन रेष्टुरेन्टमा डेनियल आफ्नो ब्याण्ड सो गर्न गएका थिए । त्यसपछि हुँदै गएको भेटघाट नै पछि विवाहमा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: