नेपालको विकासका लागि वेलायतले सहयोग गर्ने

काठमाडौँ, माघ १८। नेपालको विकासका लागि बेलायतले सहयोग गर्ने नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले बताएका छन् । आज गृहमन्त्रालयमा नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा राजदूत मरिसले सो कुरा बताएका हुन् ।

नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचीनकालदेखि नै रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने राजदूत मरिसले बताएका छन् ।

भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् ।

गृहमन्त्री निधिले बेलायतले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । राजदूत मरिसले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्दै आफ्नो देशबाट हुने सहयोग नटुट्ने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: