सरकारकै विरुद्ध महान्यायधिबक्ता, भने-‘न्यायाधीश नियुक्तिमा जिम्मेवार निकायबाटै गल्ती भयो’

काठमाडौं, माघ १८ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतको न्यायाधीश नियुक्तिमा गल्ती भएको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले संविधान सबैको लागि भएको र सबैले कार्यान्वयन गर्नुपर्ने भएपछि जिम्मेवार निकायबाटै नियम मिचिएको बताए ।

‘उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमा गल्ति भएकै हो, आइन्दा यस्तो गल्ति हुनुहुँदैन्, न्यायाधीश नियुक्तिको बिषयलाई जहिलेपनि विवादित बनाउने काम भइरहेको छ, यो राम्रो होइन्, संविधानले जे गर्नु भनेको छ, त्यो नगरेर फरक काम गर्ने अधिकार कसैलाई छैन् ।’

कार्यक्रममा अधिवक्ता गोविन्द पन्थीले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीश नियुक्तिको प्रकरणमा सबैभन्दा ठूलो कमजोरी प्रधानन्यायाधीश सुशिला कार्कीले गरेको आरोप लगाए ।
न्यायाधीश नियुक्ती प्रकरणमा इतिहासमै ठूलो भुल भएको उनले बताए । पन्थीले भने– ‘न्यायालय स्वतन्त्र हुनुपर्ने भनेर हाम्रो कानुनको कागजमा मात्रै लेखिएको छ, व्यवहारमा यस्तो देखिएन् ।’

बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले लोकतन्त्रको ऐनाले हेर्दा न्यायालय स्वतन्त्र देखिनुपर्ने बताए । घिमिरेले लोकतन्त्रको हिस्सेदारहरूले नै लोकतन्त्रको मर्ममाथि कडा प्रहार गरिरहेको र स्वतन्त्र न्यायालयलाई लात हानेको आरोप लगाए ।

‘राति ३ बजे बैठक बोलाउनुपर्ने कारण के थियो ? न्याय परिषद्मा रहेको सबै सदस्यविना कसरी उच्च न्यायधीय नियुक्ति गरिए ? मध्यराती किन बैठक बसियो ? त्यति हतार किन भयो ? के आकाश खस्ने थियो ? प्रधानन्यायाधीशका राम्रा काममाथि प्रश्न चिन्ह खडा भएको छ’ उनले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: