वृद्धवृद्धाहरुकाे हेरचाह अब रोबाेटले गर्ने

माघ १८ । वृद्धवृद्धाहरुको हेरचाहका लागि जापानमा रोबाेटको निर्माण गरिँदैछ । आगामी तीन वर्षभित्र निर्माण भइसक्ने उक्त रोबाेटलाई जापानको साफ्बैक रोबोटिक्स कम्पनीले बनाउन लागेको हो ।

कम्पनीले परिक्षणका लागि जापानका थुप्रै घरहरु तथा अस्पतालहरुका विरामीहरुको खान, बस्न जस्ता अत्यावश्यक काममा रोबाेटको प्रयोग गरेको छ ।

जापान र युरोपीयन संघको संयुक्त लगानीमा २० लाख पाउण्डको यस परियोजनामा तयार पार्न लागिएको यस रोबोट सांस्कृतिक तथा संवेदनशील हुनेछ । कम्पनीका मुख्य वैज्ञानिक अमित कुमार पाण्डेका अनुसार कम्पनी यस्तो दुनियाँ बनाउन चाहन्छ जहाँमानिस र रोबाेट दुवै साथ साथै रहेर मानिसले सुरक्षित र खुसी जीवन विताउन् ।

यो रोबाेट आगामी दिन वर्षभित्र बनिसक्ने विश्वास लिइएको छ । यस रोबाेटको निर्माणपश्चात बुजु्रक तथा वृद्ध–वृद्धाहरुको हेरचाहका लागि बनाईएका केयर सेन्टर, आसाव तथा आश्रममा कम चाप हुने देखिन्छ ।

मानिस जस्तै देखिने तथा मानिसकै जस्तो व्यवहार गर्न जान्ने यस रोबाेटलाई पेप्पर रोबाेट नाम दिइएको छ ।

यो वृद्धवृद्धाहरुलाई औषधी खुवाउने, पानी दिने तथा उनीहरुको दैनिकी आवश्यकताहरुलाई पूरा गर्न मद्दत गर्नेछ ।

यस रोबाेटको संवेदनशीलतालाई बनाउनका लागि ब्रिटेनको मिडलसेक्स युनिभर्सिटी र बेडफोर्डशर युनिभर्सिटीका विज्ञहरुले सहयोग गरिरहेका छन् ।

प्रोजेक्टमा सहभागी प्रोफेसर आइरिना पैपेडोपूलस भन्छिन्, ‘मानिसहरुको उमेर बढेअनुसार समस्याहरुपनि जोडिएर आउँछ । त्यसैको समाधानका लागि हामीले यो रोबाेट बनाउन लागेका हौं ।’

उनका अनुसार हाल मात्रै ब्रिटेनमा १५ हजार वृद्धवृद्धाहरु एक सयभन्दा बढी उमेरका छन् । अझै त्यो संख्या बढ्ने स्थितिमा छ । त्यसैले उनीहरुको आवश्यकतालाई पूर्ति गर्ने रोबाेट तयार पार्न सकियो भने अस्पताल, केयरहोमहरुमा वृद्धवृद्धाहरुको चाप कम हुने विश्वास गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: