सरकारसँग विप्लव माओवादी आक्रोशित, आज राजधानीमा विरोध प्रदर्शन गर्ने

काठमाडौ, माघ २१। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्दशन गर्ने भएको छ । सरकारले अनावश्यक रुपमा आफ्नो पार्टी माथि निगरानी बढाउने तयारी थालेको भन्दै विरोध गर्न लागेको हो । शुक्रबार अपरान्ह ३ बजेपछि राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी भएको माओवादीले जनाएको छ ।

याे पनि पढ्नुस  विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने

शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाउने गरी सरकारले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोधमा उत्रिन उसले पार्टीका जनवर्गीय संगठनलाई निर्देशन समेत दिएको छ ।

नेपाल प्रहरीले माओवादी कार्यकर्ताको गतिविधिमाथि निगरानी राख्न यसअघि नै देशभर सर्कुलर जारी गरिसकेको अवस्थामा हिजो सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा समेत माओवादी गतिविधिमाथि निगरानी बढाउने बारेमा छलफल भएको सूचना पाएपछि विप्लव माओवादी विरोधमा उत्रिन लागेको हो ।

याे पनि पढ्नुस  यसकारण पक्राउ परे विप्लवका ३० कार्यकर्ता

राजधानीको शान्तिबाटिकाबाट सुरु हुने विरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड हुदै पुनः शान्तिबाटिकामा नै पुगेर सभामा परिणत हुनेछ । सभालाई नेकपा माओवादीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्