८० पहलमान एकसाथ भिड्दै

सप्तरी, माघ २२ । नेपालमा लोप हुँदै गएको कुस्तीलाई जर्गेना गर्ने उद्देश्यले सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता अायाेजना गरिएकाे छ ।

सरस्वती पुजनोत्सवका अवसरपारी सो कुस्ती प्रतियोगिता आयोजना गरिएको हाे ।

झण्डै ८ दशकदेखि सुरू गरिएकाे साे प्रतियाेगितामा यस वर्ष वर्ष ८० पहलमानहरुले भाग लिएका छन् ।

याे पनि पढ्नुस  सप्तरीमा यात्रुवाहक बस पोखरीमा डुब्यो, ५ जनाको मृत्यु 

प्रतियोगितामा महिला र पुरुष पहलमानहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

३ दिनसम्म चल्ने कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुको सहभागीता रहनेछ ।

कमेन्ट गर्नुहोस्