ऊर्जामन्त्री शर्माले भने–‘तीन वर्षपछि नेपाल बिजुलीको मालिक बन्नेछ’

झापा, माघ २३ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने बताएका छन् ।
झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले बन्न लागेको जलविद्युतुतहरुको समयमै काम भएमा दुईवर्षपछि हामी बिजुली बेच्ने अवस्थामा पुग्नेबताए ।

याे पनि पढ्नुस  २२० केभी प्रसारण लाईन उदघाटन गर्न प्रचण्ड खिम्तीमा

“अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन वर्षपछि बिद्युत बढीभन्दा बढी खर्च गरौं भनेर सार्वजनिक आव्हान गर्नेर्छाैं ।” मन्त्री शर्माले भने “धेरैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगधन्दा खोल्नतिर लाग्नुहोस ।”

बिद्युत उत्पादन र प्रशारणको क्षेत्रमा एकीकृत योजनाअनुसार काम नहुँदा ढिलाई भएको भन्दै मन्त्री शर्माले अबदेखि योसँग जोडिएका वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र उर्जा मन्त्रालयबीच एकीकृत योजना बनाएर अघि बढ्ने गरी नीति बनाउन लागिएको जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालको जलविद्युतमा युएई सरकारले लगानी गर्ने

ऊर्जामन्त्रालयले अघि सारेको नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत आम जनतालाई बिजुलीको मालिक बनाउन लागिएको भन्दै त्यसमा सहभागी हुन उनले आव्हान गरे ।

कमेन्ट गर्नुहोस्