बसको ठक्करबाट विद्यार्थीको मृत्यु

पाल्पा, माघ २६ । पाल्पा जिल्ला कुखुमखोला गाविस–७ गोहदीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।

कुखुमखोला–८ की ८ वर्षीय सविना बगालेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भैरव मेमोरियल बोडिङ्ग स्कुलको लु १ ख ११३० नम्बरको बस गुडिरहेका बेला बगालेले सडक पार गर्ने क्रममा बसको ठक्करले उनको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  चिच्याएर वर माग्ने तीनदिने मेला सकियो

यसैबीच सोमबार पाल्पाको दोभानमा जिप दुर्घटनाबाट चारजना र मङ्गलबार तानसेनमा बस र मोटरसाइल ठक्कर हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्