छोरीहरुलाई फोटो पोष्ट गर्न दिइनन् श्रीदेवीले

काठमाडौं, माघ २९ । कुनै समयमा बलिउड क्षेत्रमा नं.१ अभिनेत्रीको रुपमा चिनिएकी श्रीदेवी आफ्नी छोरीलाई फिल्ममा डेब्यू गराउन लागिपरेकी छिन् । उनकी जेठी छोरी जान्भीको फिल्म लगभग निश्चित भइसकेको छ ।

उनी आफ्नो छोरीलाई कडा अनुशासनमा राख्न चाहिन्थिन्, उनको आदेश यो थियो– ‘अबदेखि आफ्नो सेल्फी खिची सामाजिक सन्जालमा पोष्ट गर्न नपाइने ।’

उनकी दुई छोरीहरु सधैंजसो फोटो खिची सामाजिक सन्जालमा पोष्ट गरी धेरैलाई आकर्षित गर्ने गर्दछिन् ।

अब यो सब ब्रेक हुने अवस्था आएको छ । किनकी श्रीदेवीले अबदेखि आफ्नो सेल्फी खिचेर पोष्ट नगर्ने कडा आदेश दिएकी छिन् । अहिले भने दुई छोरी इष्टाग्राम एकाउन्टमा चेक गर्दा कुनै पनि नयाँ फोटो पोष्ट भएको पाइएन ।

कमेन्ट गर्नुहोस्