इन्भेष्टमेन्ट बैंकबाटै २३ लाख गायव

धनगढी, फागुन १ । नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको छ ।

सो ठूलोमात्रामा रकम गायव भएको वैकका कर्मचारीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ ।

याे पनि पढ्नुस  सामुदायिक सुरक्षा अभिवृद्धिका लागि अन्तरक्रिया

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्