विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने

काठमाडौ १ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको खुल्लामञ्चमा पार्टीको ८ औं महाधिवेशन गरिरहको छ । २२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर सुरू गरेको महाधिवेशनको पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले बेलुन उडाएर उद्घाटन गरे ।

विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवस र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गरेका हुन् । यसअघि लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेल लगायतका स्थानबाट शीर्ष नेताहरुको नेतृत्वमा निकालिएको र्याली खुल्लामन्चमा पुगेर सभामा परिणत भएको थियो ।

याे पनि पढ्नुस  विप्लव माओवादीले पार्टीको नाम फेर्ने !

महाधिवेशनमा सहभागी हुन उपत्यकासहित देशैभरबाट ठूलो संख्यामा कार्यकर्ता तथा प्रतिनिधि पर्यवेक्षक राजधानी आएका छन् । आजको उद्घाटनपछि बन्दशत्र भने आगामी फागुन ५ गते रोल्पाको थवाङमा हुने पार्टीले जनाइएको छ । अहिले बक्ताहरुले बोल्ने क्रम जारी रहेको छ । केहीवेरमा पार्टी महासचिव विप्लवले सम्बोधन गर्दैछन् ।

याे पनि पढ्नुस  विप्लवले भने–सप्तरी घटनाका दोषी एमाले र मोर्चा

विप्लवको आठौं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र एमालेलाई निमन्त्रणा गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्