चिहानमाथि जहाज उडाउँदा खसे हर्षका आँसु

काठमाडौं, २ फागुन । कालिकोट, कोटबाडाका मानबहादुर बिष्टलाई ‘चिहान’माथि जहाज उत्रिएला भन्ने कहिल्यै लागेको थिएन । सशस्त्र द्वन्द्वको बेला डेढ दशकअघि १७ कामदारसहित ३५ सर्वसाधारणको ज्यान गएको निर्माणधीन सुनथराली विमानस्थल उनको मानसपटलमा विमानस्थल नभइ सामूहिक चिहानको रुपमा बसेको थियो ।
आजको नागरिक दैनिकमा खबर छ– शनिबार बिहानको दृश्यले भने उनको मानसपटलमा गढेर बसेको छाप बदलिदियो । बिहान ९ः५५ बजे १४ यात्रुसहित तारा एयरको जहाज जब सुनथरालीको रनवेमाथि दौडियो, उनको आँखामा हर्षका आँसु टलपलाए ।
‘हामीले चियानमाथि यसरी जहाज आउला भनेर आस मारिसकेका थियौ,’ मानबहादुरले भने, ‘तर आज नसोचेको भयो, यो त साँच्चिकै एयरपोर्ट नै बन्यो ।’
१२ फागुन २०५८ । यो दिन कोटबाडाबासीका लागि साँच्चिकै कालो दिन थियो । माओवादीले साताअघि अछामको मंलगसेन आक्रमण गरेपछि विद्रोहीलाई खोच्दै हिँडेको नेपाली सेनाले ३५ व्यक्तिको इहलीला समाप्त पारेको थियो । घटनामा धादिङ, जोगिमाराबाट मजदुरी गर्न गएका १७ कामदार पनि परे ।
उक्त घटना देखेका र भोगेका थुप्रै स्थानीय शनिबार सुनथरालीमा झुम्मिएका थिए । उनीहरुको मनभित्र दुइटा कुार खेलिरहेका थिए– त्यो कालो दिन, यो सुनौलो दिन ।

याे पनि पढ्नुस  गृहमन्त्री थापालाई सांसदले भने–असिनाले वालीसहित भेडाबाख्रा र कुखुरा मरे ६ महिनालाई खाद्यान्नको जोहो गरी दिनु

Photo symbolic

कमेन्ट गर्नुहोस्