पाकिस्तानमा ‘जोली एलएलबी २’ रिलिजमा प्रतिबन्ध

फागुन २ । बलिउडका चर्चित सुपरस्टार अभिनेता अक्षय कुमारको अभिनय रहेको ‘एलएलबी २’ को प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्धित लगाइएको छ ।

चलचित्रमा अक्षय कुमारले काश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै पाकिस्तानी सेन्सर बोर्डको परीक्षण समितिले प्रतिबन्ध लगाएको हाे ।

सुभाष कपूरको निर्देशनमा बनेको यस चलचित्र ‘एलएलबी २’मा अभिनेता अक्षयले एउटा वकिलको भूमिका निर्वाह गरेका छन् ।

केही हप्ताअघि मात्रै शाहरुख खानको रईसलाई पनि पाकिस्तानमा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो भने ऋतिक रोशनको काबिल भने रिलिज गर्न अनुमति दिइएको थियो ।

यो फिल्म २०१३ मा आएको जोली एलएलबीको सिक्वेल हो ।

कमेन्ट गर्नुहोस्