तौल घटाउन करिना बक्सिङ सिक्दै

फागुन २ । अधिकांश अभिनेत्रीहरु विवाह, पारिवारिकि बन्धन तथा अझ आमा नै भइसकेपछि यो क्षेत्रबाट लामो समय नै हराउने गर्छन् । तर बलिउड वेवो करिना कपुर भने अब चाँडै नै पुनः पर्दामा आउने भएकी छिन् ।

केही समयअघि मात्रै छोरालाई जन्म दिएकी नायिका करिनाले अब चाँडै नै बलिउड पर्दामा आउनका लागि उनको बढेको तौल घटाउँदैछिन् । उनी तौल घटाउन योगा क्लास लिइरहेको समाचार सार्वजनिक भएलगत्तै पुनः अर्काे समाचार पनि सार्वजनिक भएको छ । नायिका करिना तौल घटाउनका लागि बक्सिङ सिकिरहेको बलिउड संचार माध्यमहरुले जनाएका छन् ।

उनी चाँडै नै नयाँ फिलिम ‘विरे दि वेडिङ’ मा काम गर्नका लागि उनी तयार गरिरहेकी छिन् । केही दिनअघि करिनाले अमृता अरोरासँग बक्सिङ गरिरहेको फोटो सार्वजनिक भएपछि बलिउडमा यो चर्चा बन्यो । यो सल्लाह उनलाई अमृताले नै दिएको भन्नेहरू पनि छन् । किनकि, अमृताले पनि आमा भएपछि तौल घटाउन बक्सिङकै सहारा लिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्