निर्वाचनमा हामी भाग लिन तयार छौं : १० विद्यार्थी संगठन

काठमाडौं, फागुन २ । तोकिएको समयमा निर्वाचन हुने र आफूहरुले भाग लिने १० विद्यार्थी संगठनहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० विद्यार्थी संगठनहरुले भाग लिने प्रतिवद्धता व्यक्त गरेका हुन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताएका छन् ।

याे पनि पढ्नुस  स्ववियु चुनावका लागि २१ वटामा मात्रै मनोनयन दर्ता

अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष नविना लामाले अनावश्यक विषयलाईं ठूलो बनाएर क्याम्पसमा तालाबन्दी गर्ने काम गलत भएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई स्ववियू निर्वाचनमा भाग लिन आग्रह गरेकी छिन् ।

उनले रेक्टरको गाडी जलाएको प्रति घोर भत्सर्ना गर्दै अग्रजहरुको रगतसँग जोडिएको विद्यार्थी आन्दोलनको इतिहासलाई जोगाउनको लागि आफूहरु तयार रहेको बताइन् ।

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

याे पनि पढ्नुस  एमाले अखिल र नेविसंघको विरोधले नवलपरासीमा दुईवटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले राजनीतिक अस्थिरताका कारण विगत आठ वर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन यस पटक तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीले निर्वाचन हुनेमा शंका उब्जीएको भएपनि निर्वाचन भएरै छाड्ने र आफूहरुले जित्ने ठोकुवा गरे ।

मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले विद्यार्थी संगठनभित्र आफूपनि पुरानै विद्यार्थी नेता भएको दाबी गर्दै भने ‘हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशमा पनि निर्वाचन हुन्छ, हाम्रो एउटै शर्त छ, आफूलाई ठूला संगठन प्रमुख नेता भन्ने साथीहरूलाई मेरो आग्रह छ, म पनि पुरानै नेता हुँ, कसैलाई हेप्ने तरिकाले बोल्नु उचित होइन।’

याे पनि पढ्नुस  यस्तो छ स्ववियु निर्वाचनको नयाँ तालिका

कार्यक्रममा राप्रपाका विद्यार्थी संगठनका नेता धनसुर शाही, अनेरास्ववियू पाँचौका घनश्याम मिश्र, विद्यार्थी नेता पुर्णबहादुर सिँह लगायतका विद्यार्थी नेताले आफ्ना स्ववियु निर्वाचनका बारेमा आ–आफ्ना धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्