बैंकबाट निकालिएका एक हजारका एउटै नम्बरका तीन नोट

महोत्तरी, फागुन ४। महोत्तरीको गौशालामा एक बैंकबाट निकालिएको एउटै नम्बरका तीनवटा एक हजारका नोट भेटिएका छन् । बैकबाटै यस्तो त्रुटिपूर्ण नोट फेला पर्नाले सर्वसाधारण चकित परेका छन् ।

स्थानीय सहयोगी विकास बैंकबाट सेवाग्राहीले मंगलबार निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो ।

याे पनि पढ्नुस  एकल पुरुषलाई पनि अब मासिक भत्ता !

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो । ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन् ।

फेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

याे पनि पढ्नुस  हाकिमको २० % तलब काटिन्छ, तर जवानको भने २८ प्रतिशत !

कमेन्ट गर्नुहोस्