छोडपत्रपछि पुनः एकसाथ

फागुन ६ । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजबीचको पारिवारिक सम्बन्ध केही वर्षअघि नै टुंिगसकेको छ । प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा उतारेपनि त्यसलाई निरन्तरता दिन नसकेको यो जोडीको घरायसी कारणले मिडियामा केही समय निकै ठाउँ पाएको थियो । अन्ततः यो जोडी छुट्टिएर बस्ने निर्णय गरे ।

लामो समयपछि यो जोडी पुनः देखिए । गायक मनोज राजले ‘मलाई माफ गर’ बोलको गीतमा महिला आवाजका लागि गायिका पन्तले स्वर दिएको भन्दै फेसबुकमा तस्बिर पोष्ट गरेका छन् । अन्जु र मनोज एकसाथ देखिएपछि उनीहरुका फ्यानहरु निकै खुशी भएका छन् ।

फेसबुकमा मनोजले प्रतिक्रिया जनाउनेहरुलाई नितान्त प्रोफेसनल काम भएको र अन्यथा नसोचिदिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्