टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं, फागुन ७ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवस आज ६७ औं वर्ष भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहलाई सम्बोधन गरेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री भन्छन्-एनसेल करबारे मन्त्रिपरिषदले कुनै निर्णय गरेको छैन

विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीसहरुले शान्तिका प्रतीक परेवा एकसाथ उडाएका थिए ।

६७ औं प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताए ।

एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्याउने मुल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए। नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे।

याे पनि पढ्नुस  स्थानीय चुनाव कुनै हालतमा रोकिँदैनः प्रधानमन्त्री

तस्वीरहरु : रासस

कमेन्ट गर्नुहोस्