अमेरिकामा भीषणा आँधी, चारको मृत्यु, सयौं घाइते

वासिंटन, फागुन ८ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् ।

केही वर्षयताकै ठूलो मानिएको उक्त आँधीका कारण लाखौ मानिसहरु प्रभावित बनेका छन् ।
बोम्बोजेनेसिस नाम दिइएको सो आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ ।

याे पनि पढ्नुस  हिप्पीले छोडेर गएका २० वर्षे पुराना सवारीसाधन विस्थापित हुँदै

लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । अझै तीब्र गतिमा हावा चल्ने, ठूलो वर्षा हुने र बाढीको खतरा रहेको मौसमविदहरुले बताएका छन् ।

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सयभन्दा बढी उडान रद्द गरिएका छन् । यस्तै मूख्य सडकमार्ग पनि बन्द भएको छ । बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् ।

याे पनि पढ्नुस  गर्लफ्रेण्डकी छोरीलाई बलात्कार गर्नेलाई १६० वर्ष जेल !

वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन् । पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्