शिल्पा सेट्टीको ‘हेल्थ वेबसाइट’ सार्वजनिक

फागुन ८, बलिउड कलाकार शिल्पा सेट्टीले स्वास्थ्यसँग सम्बन्धित नयाँ वेबसाइट लन्च गरेकी छिन् । हेल्थ एण्ड वेलनेस नाम गरेको यो वेभसाइटको नारा “स्वस्थ खानुहोस् शिल्पासँग” भन्ने रहेका छ ।
वेबसाइट लन्चको अवसरमा शिल्पाको कार्यक्रममा टाइगर श्राफ, शिल्पाका श्रीमान राज कुन्द्रा, आमा सुनन्दा सेट्टी, बहिनी शमिता सेट्टी र छोरा बिवानलगायत कैयनको उपस्थिति रहेको थियो ।
४१ वर्षीय शिल्पा वलिउडमा योगका लागि प्रसिद्ध छिन् । यसअघि उनले योगसम्बन्धी एल्बम समेत निकालेकी थिइन । रामदेवसँग योग गरेर समेत उनले चर्चा कमाएकी थिइन ।
वेभसाइटमा योग र स्वास्थ्यसँग जोडिएका कैयन भिडियो र अन्य जानकारी राखिएका छन् । दशिल्पासेट्टी डटकम टाइप गरेर उनको वेभसाइटमा पुग्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्