माओवादी बन्दसत्र : जनक्रान्तिमा होमिन नेतृत्वलाई दबाब

काठमाडौं, फागुन  ९। रोल्पाको थबाङमा जारी नेकपा माओवादीको बन्दसत्रमा एकीकृत जनक्रन्तिमा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने दबाब बढ्दै गएको छ ।

सबैजसो समूहबाट तत्काल सशक्त जनक्रान्तिमा होमिनुपर्ने सुझाव पेस भइरहेका छन् । बन्दसत्रमा सहभागी एक नेताले भने, ‘जनविरोधीलाई प्रहार गर्नै पर्छ । यदि, ‘राज्यदमन’ भयो भने हातमा दही जमाएर बस्नुहुन्न भन्ने प्रतिनिधि पर्यवेक्षकको मत जब्बर बन्दैछ ।’

याे पनि पढ्नुस  यसकारण पक्राउ परे विप्लवका ३० कार्यकर्ता

बन्दसत्रमा पार्टीको नाम फेर्ने प्रस्तावको पक्षमा मत बलियो बन्दै गएको छ ।

‘पार्टीको नाम फेर्ने सन्दर्भमा पनि समूहको सुझाव सकारात्मक छ । नाम फेर्दा उपयुक्त हुने सुझाव आइरहेका छन्’, एक नेताले भने, ‘कतिपयले पार्टीको नामबाट माओवादी हटाउँदा जनयुद्धको लिगासी गुम्छ कि भन्ने चिन्ता पनि प्रस्तुत भएको छ ।’

याे पनि पढ्नुस  भारतीय एयरमार्सललाई नेपालमा बस्ने दिने सम्झौता राष्ट्रघाती र जनघाती- विप्लव माओवादी

एकीकृत जनक्रान्ति जनताको पक्षमा हुने भन्दै राज्यदमन भए पनि प्रतिरोध गर्न आँट्नुको विकल्प नभएको समूहबाट सुझाव आइरहेको बताइएको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

कमेन्ट गर्नुहोस्