प्रेम, युद्ध र धोकाको कथाः चलचित्र र‌ंगुन

बलिउडका तीन प्रख्यात कलाकार कंगना रनावत, सैफ अलि खान र साहिद कपुरद्धारा अभिनित चलचित्र रंगनुमा के छ त?

चलचित्रः रंगुन
निर्माताः साजिद नाडियाडवाला, विशाल भारद्वाज
निर्देशकः विशाल भारद्वाज
कलाकारः कंगना रनौत, शाहिद कपूर, सैफ अली खान, रिचर्ड मैकेबे
संगीतकारःविशाल भारद्वाज


निर्देशक विशाल भारद्वाजले ४० को दशकमा भारतमा हुने गतिविधिमा आधारित भएर त्रिकोणात्मक प्रेम चलचित्र बनाए, ‘रंगुन’ । यो प्रेम कहानीको सुरुवात युद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्ध चलिरहेको र भारतमा पनि स्वतन्त्रताको लडाइ लडिरहेको समयमा तीन पात्र विचको प्रेम कहानीलाई रंगुनमा समेटिएको छ । बलिउडका तीन प्रख्यात कलाकार कंगना रनावत, सैफ अलि खान र साहिद कपुरद्धारा अभिनित चलचित्र रंगनुमा के छ त?

याे पनि पढ्नुस  चलचित्र कमाण्डो–२ को ट्रेलर सार्वजनिक (हेर्नुस भिडियो)

कथाः चलचित्र रंगुनको कथा बलिउडकी प्रख्यात एक्सन क्वीन जुलिया (कंगना रनावत) को हो । जुलिया रुसी विलीमोरिया सैफअलि खानको प्रोडक्सन कम्पनीमा काम गर्छिन । रुसी र जुलिया एकअर्कासंग प्रेम गर्छन । जुलियालाई बर्माको सिमामा सैनिकको मनोरन्जनको लागि पठाइएको हुन्छ । त्यहाँ जुलियाको भेट एक भारतीय सिपाही नवाब मलिक(साहिद कपुर)संग हुन्छ । नवाबसंग जुलियाको प्रेम बस्छ । तर जुलिया फेरी पुरानो प्रेमी रुसीकोमा फर्किन्छन् । रुसीले पनि जुलियाको लागि आफ्नो श्रीमतीलाई डिर्भोस दिइसकेका हुन्छन् । कथाले त्यो बेला मोड लिन्छ जब रुसीलाई जुलिया र नवाब बिचको प्रेम सम्बन्धबारे थाहा हुन्छ । कथामा ४० को दशकमा भारतको ऐना देखाउँदै त्रिकोणात्मक प्रेम देखाइएको छ । जुलिया, नबाव र रुसीबीचको त्रिकोणात्मक प्रेम र युद्धलाई चलचित्रले चित्रण गर्न खोजेको छ ।

याे पनि पढ्नुस  कलंकः पैसा र स्टारडमको घमण्डमा कमजोर चलचित्र

निर्देशनः सधैंको जस्तो यो पटक पनि निर्देशन विशाल भारद्धाजको निर्देशन निकै प्रसंसनीय छ । रियल लोकेशनमा भएको सुटिङले भारतमा चालिसको दशकमा भएको युद्धको कुरालाई जीवन्तता दिएको छ । सिनेमाटोग्राफी पनि निकै राम्रो छ । भारत स्वतन्त्रताको लडाइ र त्रिकोणात्मक प्रेमलाई निकै सशक्त रुपमा निर्देशकले प्रस्तुत गरेका छन् ।

याे पनि पढ्नुस  काबिल र रईसबीच प्रतिस्पर्धा हुँदै

अभिनयः चलचित्रमा कंगना रनावताको अभिनयले सबैलाई एकपटक फेरी चकित पारेको छ । उनको अभिनय निकै जीवन्त छ । सैफअलि खान र शाहिद कपुरले चलचित्रमा आफ्नो भुमिकाले दर्शकको मन जित्न सफल भएका छन् । मेजर जनरलको भुमिका निभाउने , रिचर्ड मैकेबे को अभिनय निकै दमदार छ ।

किन हेर्नेः कंगना रनावतको कलाले तपाइलाई मोहित बनाउन सक्छ । उनको प्रशंसकको लागि यो चलचित्र उत्कृष्ट हुन सक्छ । यस्तै सैफअलि खान र साहिदको फ्यान हुनुहुन्छ भनेपनि तपाई यो चलचित्र हेर्न सक्नुुहुन्छ ।

कमेन्ट गर्नुहोस्