घरेलु मैदानमा भारतको लज्जास्पद हार

काठमाडौं, फागुन १४ । अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत ३ सय ३३ रनले पराजित भएको छ । पहिलो इनिङमा १ सय ५ रनमा अल आउट भएको भारतले दोस्रो इनिङमा पनि १ सय ७ रन मात्र बनाउन सक्यो ।

८५ वर्षको टेस्ट क्रिकेट इतिहासमा भारतले घरेलु भूमिमा अहिलेसम्मकै लज्जास्पद पराजय आत्मसात् गर्नेक्रममा अष्ट्रेलियासँग ३३३ रनको हार व्यहारेको हो ।

याे पनि पढ्नुस  मुम्बइमा पाँचतले भवन भत्कँदा १७ को मृत्यु

पुनेमा भएको खेलमा दुई इनिङमा गरी जम्मा २१२ रन जोडेको भारतले पहिलो इनिङमा पछिल्लो ११ रन जोड्न ७ विकेट गुमाएको थियो भने दोस्रो इनिङमा अन्तिम ९ रन जोड्न ५ विकेट गुमायो ।

विराट कोहलीको कप्तानीमा लगातार १९ खेलमा अपराजित रहेको भारतलाई लज्जास्पद हार चखाउने क्रममा अष्ट्रेलियाका स्टेफ ओ’कीफले पहिलो र दोस्रो इनिङमा समान ३५-३५ रन खर्चेर समान ६-६ विकेट लिए ।

याे पनि पढ्नुस  भारतीय चिनीको कारण अष्ट्रेलिया संकटमा

साढे दुई दिनमै सकिएको खेलको पहिलो इनिङमा १०५ रन बनाएको भारतले दोस्रो इनिङमा १०७ रन जोडेको थियो । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा २६० तथा दोस्रो इनिङमा २८५ रन बनाएर भारतलाई ४४१ रनको चुनौती दिएको थियो ।

कमेन्ट गर्नुहोस्