दक्षिण अफ्रिकाको अग्रता, न्यूजिल्यान्ड १५९ रनले पराजित

काठमाडौं, फागुन १४ । न्यूजिल्यान्डविरुद्धको तेस्रो एक दिवसीय क्रिकेट जितेर दक्षिण अफ्रिकाले पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ ।

विलिङटनमा भएको तेस्रो खेल पाहुना टोली दक्षिण अफ्रिकाले शनिबार १५९ रनले जितेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान एबीडे भिलियर्सको ८५ रनको मद्दतले ८ विकेटको क्षतिमा २७१ रन बनायो ।

याे पनि पढ्नुस  विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

जवाफमा न्यूजिल्यान्ड ३२ ओभर २ बलमा अलआउट हुँदै ११२ रनमै समेटियो ।

दक्षिण अफ्रिकाका दवाइने प्रिटोरियसले ५ ओभर २ बलमा ५ रन खर्चेर ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्