काठमाडौं, फागुन १५ । एमाले निकट अनेरास्ववियु भित्र विवाद देखिएको छ । असन्तुष्टि रहेका समूहले अनेरास्ववियुकीअध्यक्ष नविना लामालाई ज्ञापनपत्र बुझाउँदै स्ववियु निर्वाचनमा बागी उठाउने तयारी रहेको चेतावनी दिएका छन् ।
अखिलमा असन्तुष्ट पक्षले चारवटा माग राख्दै दलित, महिला, अपांगता, मधेसी तथा पिछडिएको क्षेत्रलाई समावेश नगरि घोषणा गरिएको भनिएको उम्मेदवार तत्काल खारेज गर्न माग गरेका छन् ।
पार्टी तथा संगठनमा गरेको योगदानको कदरसहित क्षेत्र, लिङ्ग, जनजाती वर्गको प्रतिनिधित्व गराउने गरी संगठनले स्ववियु उम्मेदवारहरुको घोषणा गर्नुपर्ने माग अघि सारेका छन् ।
असन्तुष्ट पक्षले अनेरास्ववियुलाई धक्का लाग्ने गरि आएको उम्मेदवारहरुके नामावली सच्याउन माग गरेका हुन् ।
यस्तो छ विज्ञप्ति