काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह चुनावमा राजनीतिक सहमती जुटाउन त्रिपक्षीय छलफल गर्ने भएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस सहित मधेशी मोर्चासंग मंगलबार संयुक्त छलफलको लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सहमती जुटेका विषयमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित बिषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान साढे १० बजेपछि बस्ने बैठकमा सोही प्रस्तावमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार मोर्चाका शीर्ष नेतासंग सहमती जुटेका बिषयमा संशोधन गर्दै बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय निर्वाचनमा सहभागि हुन आग्रह गरेका थिए । मधेशी मोर्चाका नेताले परिमार्जन सहित संशोधन प्रस्ताव पारित गरेर मात्र चुनावमा जान सकिने अडान दोहर्याउँदै आएका छन् ।