हरिबहादुर सम्मानित

काठमाडौँ, फागुन १७ । एथलेटिक्सका प्रशिक्षक एवम् पूर्वधावक हरिबहादुर रोकायालाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्वबाट सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गरेको एनएनआइपिए उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रममा स्व गजराज जोशी फाउन्डेसनद्वारा स्थापित गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्वबाट रोकायालाई सम्मान गरिएको हो । गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवम् पूर्वधावक रोकायालाई सम्मानस्वरुप रु २५ हजारसहित ट्रफी प्रदान गरिएको छ ।

याे पनि पढ्नुस  धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग

कार्यक्रममा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशलदेवी तामाङ र जुडोकी फुपुल्हामु खत्रीलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्राइयाथलनकी रोजा केसी, कबड्डीका शान्ति मल्ल र लनटेनिसका अभिषेक बास्तोला पनि सम्मान गरिएको छ ।

याे पनि पढ्नुस  धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग

यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबलटेनिसका दीप साउत, ह्यान्डबलकी रञ्जना राई र एथलेटिक्सका हरिकुमार रिमाललाई पनि सम्मान गरियो । सम्मानित हुने खेलाडीलाई जनही रु १० हजार प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्