किम जोङ्गनामको हत्यामा दुई महिलाको संलग्नता रहेको आरोप

फागुन १७ । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाई किम् जोङ्ग नामको हत्याकाण्डमा दुईजना महिला आरोपित ठहर भएका छन् ।

मानिसलाई बेहोस पार्ने कडा खालको रसायनिक पदार्थको प्रयोगबाट किम जोङ्ग नामको मलेसिया विमानस्थलमा हत्या भएको थियो ।

हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि एकजना इन्डोनेसियाली र एकजना भियतनामीसमेत दुइजना महिलाहरु माथि आरोप लगाइएको मलेसियाली महान्यायाधिवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  उत्तर कोरियामाथि थप प्रतिबन्ध, सामान निर्यातमा पूर्ण रोक

अदालतले उनीहरुको आरोप प्रमाणित गरेको खण्डमा उनीहरुलाई मृत्युदण्ड दिइनेछ ।

एएफपी

कमेन्ट गर्नुहोस्