नेहाले आपत्ति जनाउँदै मुख खोलिन्– ‘चलचित्रमा नआएपनि म बेरोजगार भने भएकी छैन

फागुन १८ । बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री नेहा धूपिया अहिले वर्षाै भयो कुनै हिन्दी चलचित्रमा देखिएकी छैन । बलिउड चलचित्रमा नदेखिएपछि हरेक संचारमाध्यममा उनी बेरोजगार भएको भन्दै समाचारहरु प्रकाशित भएका छन् ।

ती समाचारप्रति आपत्ति जनाउँदै नेहाले मुख खोलिन्— ‘म चलचित्रमा छैन भन्दैमा बेरोजगार भएँ भन्नु सरासर गलत हो ।’ ३६ वर्षीया नेहाका अनुसार यदि कुनै कलाकार व्यवसायिक चलचित्रमा काम गरिरहेको छैन भने त्यसको अर्थ ऊसँग कुनै काम छैन भन्ने होइन ।

‘मैले पनि चलचित्रमा नआउन चाहेकी होइन,’ नेहा भन्छिन्— ‘कहिलेकाहीं राम्रा चलचित्रको पर्खाइमा वर्षौं बित्छ । यद्यपि चलचित्रमा सक्रिय नभएपनि म खाली बसेकी छैन । कुनै न कुनै रूपमा अभिनय कर्ममै सक्रिय छु ।’

कमेन्ट गर्नुहोस्