थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम जारी छ । अहिले भरखरै प्राप्त जानकारी अनुसार थापाथली इन्जिनियरिङ क्याम्पस थापाथलीमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्यानलै विजयी हासिल गरेको छ ।

उक्त क्याम्पसमा बुधबार स्ववियु चुनाव भएको थियो । अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रज्ज्वल खत्री सहितको प्यानलै जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

जम्मा एकहजार त्रिचालिस मत खसेकाेमा खत्रीले चार सय एक ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेविसंघका विकास लामाले दुईसय ७३ मत ल्याए । यस क्याम्पसमा एमाले अखिल तेस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्