११ छक्का र १५ चौका हानेका गुप्टेलले १ सय ८० रन बनाए

ह्यामिल्टन, फागुन १९ । मार्टिन गुप्टेलले ११ छक्काको सहयोगले अविजित १ सय ८० रन बनाएपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरूद्ध ५ एकदिवसीयको घरेलु शृंखलालाई २–२ को बराबरीमा पु¥याइएको छ ।

दुई पल्टको ह्यामिस्ट्रिङ समस्याका कारण करिब एक महिना मैदान बाहिर रहेका गुप्टेलले ६२ रनमा हुँदा एलबिडब्लुको रिभ्यूमा जीवनदान पाएका थिए। त्यसपछि उनी १५ चौकाको सहयोगले ठूलो योगफलतर्फ लागे ।

दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने क्रममा कप्तान एबि डि भिलियर्सको ५९ बलमा ७२ रनको सहयोगले ८ विकेटको क्षतिमा २ सय ७९ रन बनाएको थियो। तर, गुप्टेलले १२ औं एकदिवसीय सतक पुरा गर्दै किवी टोलीलाई ७ विकेटले विजय दिलाए ।

ब्ल्याक क्याम्पसले ५ ओभरको खेल खेल्न बाँकी रहँदै ३ विकेटको क्षतिमा २ सय ८० को विजय लक्ष्य चुमेको थियो। रोस टेलर ९६६० सँग मिलेर उनले तेस्रो विकेटका लागि १ सय ८० रनको सतकीय साझेदारी गरेका थिए ।

यी दुई टोलीबीच अन्तिम तथा निर्णायक एकदिवसीय शनिवार अकल्यान्डमा हुँदैछ।

कमेन्ट गर्नुहोस्