कांग्रेस, एमाले परित्याग गरेर चितवनमा १ सय ३७ माओवादी केन्द्रमा प्रवेश

चितवन, फागुन २० । चितवनमा नेपाली काङ्ग्रेस, एमाले पार्टी परित्याग गरि १ सय ३७ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । भरतपुर नगरपालिका वडा नम्बर २७मा बिहिबार भएको बडा कमिटी भेलामा ठूलो संख्यामा माओवादी केन्द्मा प्रवेश गरेका हुन् । स्थानिय तहको निर्वाचन घोषण भएसगैं चुनाव सफल बनाउन पश्चिम चितवनको पटिहानीमा थालिएको अभियानमा माओवादीमा आउन चाहनेहरु बढेको २७ नम्बर वडा कमिटीका संयोजक दिननाथ आचार्यले जानकारी दिए ।

माओवादी केन्द्र वडा कमिटी भरतपुर – २७ को वडा एकता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा कांग्रेस र एमालेबाट असन्तुष्ट भइ माओवादी केन्द्र प्रवेश गरेको उनले बताए ।
उनीहरुलाई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबम चितवन जिल्ला सह–ईन्चार्ज घनश्याम दाहालले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गरेकाहरुले माओवादीले मात्रै जनताको भावना कदर गरेको भन्दै माओवादीमा प्रवेश गरेको बताए । वडा ईन्चार्ज खेम भट्टले स्वागत मन्त्व्य राखेको कार्यक्रममा माओवादीका पोलिट्ब्युरो सदस्य एबम् चितवन जिल्ला संयोजक यम बहादुर परियार “ईन्द्रजित” जिल्ला पार्टी कार्यालय सदस्य मधुसूदन सापकोटा लगायतले बालेका थिए । कार्यक्रम वडा संयोजक दिननाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्