सैन्य क्षेत्रमा चीनले बढायो बजेट

बेइजिङ, एजेन्सी, फागुन २१ । चीनले आफ्नो सैन्य बजेटमा ७ प्रतिशतले बृद्धि गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्चमा १० प्रतिशतको बढोत्तरी गरेको केही दिन पछि चीनले सो निर्णय गरेको हो । चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने सम्मेलनको पूर्वसन्ध्यामा सैन्य बजेट बृद्धिको घोषणा सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग गछौं : राष्ट्रपति सी

तीव्र रुपमा आफ्नो सैन्य प्रविधि विकास गरिरहेको चीनले खर्च बढाएपनि अमेरिकाको तुलनामा सैन्य बजेट खर्च कम रहेको बीबीसीले उल्लेख गरेको छ । आर्थिक बृद्धिदर १० प्रतिशत भन्दा बढिले वृद्धि भएपनि रक्षा बजेट दोहोरो अंकमा भने बृद्धि नगरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  अमेरिकालाई चीनले उछिन्यो

सैन्य खर्चमा कुल गार्हस्थ उत्पादनको १ दशमलब ३ प्रतिशत खर्च गरिएको चिनियाँ सरकारी प्रवक्ता फु ईङ्गलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । सन २०१५ मा चीनले २ सय विलियन अमेरिकन डलर सैन्य खर्च गरेको एक अध्ययनले देखाएको छ । सो अध्ययनका अनुसार अमेरिकाले सैन्य क्षेत्रका लागि सबै भन्दा बढी ६ सय विलियन डलर खर्च गरेको थियो ।

याे पनि पढ्नुस  नेपालमा चिनियाँ इन्टरनेट आउने भएपछि भारतमा रुवबासी

कमेन्ट गर्नुहोस्