सोमालियाका करीब ३० लाख मानिस भोकमरीबाट गुज्रिरहेको तथ्याङ्क सार्वजनिक

अफ्रिका, फाल्गुन २२ । अफ्रिकी मुलुक सोमालियामा चरम भोकमरीका कारण प्रत्येक दुई दिनको अन्तरालमा १ सय १० जनाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

सोमालियाका प्रधानमन्त्री हशन अलि ह्यारीले दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा खडेरीले खाद्यन्न उत्पादनमा भारी गिरावट आएपछि चुलिएको भोकमरी तथा पिउने पानीको समेत संकट बढेको कारण प्रत्येक ४८ घण्टामा १ सय १० सर्वसाधारणको मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरेका हुन् ।

याे पनि पढ्नुस  अफ्रिकी महादेशमा चिनियाँ लगानी राजनीतिक स्वार्थप्रेरित छैन : चिनियाँ राष्ट्रपति

पछिल्लो समय सोमालियाका करीब ३० लाख मानिस भोकमरीबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ ।

राष्ट्रसंघका अनुसार सोमालियामा सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार र सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा बढीको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  बुर्किनाफासोको चर्चमा आक्रमण, ६ जनाको मृत्यु

सोमालियासहित दक्षिण सुडान, नाइजेरिया केन्या र यमन पनि भोकमरीको चपेटामा परेको राष्ट्रसंघले जनाएको छ ।

यसैबीच राष्ट्रसंघले भोकमरीबाट गज्रिरहेका अफ्रिकन नागरिकको जीवनरक्षाका लागि पहल गर्न विश्व समुदायलाई अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्