छापा मारी बरामद गरेको मदिरा नष्ट

कलैया, फागुन २२ । बारा जिल्ला प्रसौनी गाविस– १, ३, ५ र ६ मा आज प्रहरी टोलीले पाँच जनाका घरमा छापा मारी बरामद गरिएको तयारी कच्चापदार्थ १३ हजार दुई सय २० लिटर मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक कुमार यादवको नेतृत्वमा रहेको टोलीले पाँच थान रक्सी बनाउने यन्त्र र दुुई थान ग्यास सिलिन्डर समेत नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्