ज्वाला देवी माविले मनायो अभिभावक दिवस

ललितपुर, फागुन २२ । बाँडेगाउँको ज्वाला देवी विद्या मन्दिर माध्यामिक विद्यालयले शनिबार अभिभावक दिवस मनाएको छ।

ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीको प्रमुख अतिथ्यता र ललितपुर प्याब्सनका प्रतिनिधि विष्णु बस्नेतको उपस्थितमा भएको सो कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

युरोपेली नागरिक क्याप आले समेत उपस्थित सो कार्यक्रममा सांगितिक कार्यक्रम पनि भएको थियो । अभिभावक प्रविण विष्ट सभापति रहेको उक्त कार्यक्रमको सञ्चालन रञ्जिता कार्कीले गरेकी थिइन् । विद्यालयको वार्षिक क्यालेन्डर कार्यतालिका अनुसार मनाउँदै आएको अभिभावक दिवस गतसाल भूकम्पका कारण स्थगित भएको थियो। करिब २०० विद्यार्थी अध्ययन गर्ने सो स्कुलका प्रिन्सिपल गोकुल पुरीले अभिभावकहरुलाई स्वागत मन्तव्य दिएका थिए ।

अभिभावक दिवसमा उपस्थित प्रमुख तथा विशेष अतिथिहरुलाई विद्यालयको तर्फबाट ‘टोकन अफ लभ’ प्रिन्सिपल पुरीले प्रदान गरेका थिए । कार्यक्रममा करिब दुईसय अभिभावकको उपस्थित रहेका थिए ।

कमेन्ट गर्नुहोस्