बढुवा सुरुसँगै सशस्त्र प्रहरीमा चर्को विवाद

काठमाडौं, फागुन २३ । सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ ।

पछिल्लो समय गृह मन्त्रालयले तीन अतिरिक्त महानिरिक्षक (एआर्ईजी) र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा प्रक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको छ ।

संगठनभित्र कुनै छलफलविनै तत्कालिन महानिरीक्षक (आईजीपी) कोषराज वन्तले आफुनिकटका केही अधिकृतलाई बुढवा प्रयोजनमा सहज हुने गरी ल्याएको सो नियमावलीमा प्रशस्त त्रुटि देखिएको भन्दै सशस्त्रका कैयोै अधिकारीहरु तत्काल नियमावली संशोधनको पक्षमा खुलेर लागेका छन् ।

नियमावली संशोधन नभए यसले संगठनलाई दुरगामी असर पार्ने र सशस्त्र द्वन्द्व चरम विन्दुमा पुगेका वेला नेपाली सेना र प्रहरीबाट सशस्त्र प्रहरीबलमा स्थानान्तरण भई आएका अधिकारीहरुको वृतिविकासमा गम्भीर असर पार्ने आंशकाले बढुवाका आकांक्षीहरु गृह मन्त्रालयलगायएतका शक्ति केन्द्र धाउन थालेका छन्।

यो खबर आजको राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्