कडा सुरक्षा घेराभित्र मञ्च बनाउँदै एमाले, सभास्थल पुग्ने रुट नै परिवर्तन

काठमाडौं, फागुन २३ । नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेपछि एमालेले कडा सुरक्षा घेराभित्र मञ्च बनाउने तयारी गरेको छ ।

एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरेपछि ३ किलोमिटर उत्तर राजविराज रुपनी सडक खण्डमा पर्ने गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने तयारी गरेको छ ।
प्रहरीको कडा सुरक्षाा घेराबिच एमाले कार्यकर्ताहरु मञ्च निर्माण कार्यमा जुटेका छन् ।

यस्तै उक्त स्थानमा पुग्ने रुट पनि एमालेले परिवर्तन गर्दै  पहिला भारदह–हनुमाननगर–तोपा–राजविराज हुँदै औद्योगिक क्षेत्र पुग्ने भनिएपनि अहिले पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनीबाट सातकिलोमिटर दक्षिण औद्योगिक क्षेत्र पुग्ने रुट तय गरिएको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्