एमाले सभास्थल नजिक बम फेला, सप्तरीमा झड़प, दर्जनौ गिरफ़्तार

काठमाडौैं, फागुन २३ । सप्तरीको राजबिराज अौधोगिक क्षाेत्रमा सकेट बम फेला परेको छ ।  एमालेको सभा गर्ने स्थल भन्दा २ किलोमिटर पर बम फेला परेपछि सुरक्षाा अवस्था व्यापक बनाइएको छ ।

एमालेको सभालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १६ सय भन्दा बढी प्रहरी परिचालित गरिएका छ।  नेपाल प्रहरीका १२ सय र सशस्त्र प्रहरीका ४ सय भन्दा बढी प्रहरी सप्तरीमा परिचालन गरिएको छ । यस्तै सप्तरीमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दर्जनौं बन्दकर्ता पक्राउ परेको स्रोतले जनाएको छ ।

सवारी साधन तोडफोड गर्ने ५ जनालाई पक्राउ गरिएको डिएसपी दानबहादुर कार्कीले बताए।

कमेन्ट गर्नुहोस्