लौकहीमा एमालेको आमसभा स्थगित

सुनसरी, लौकही फागुन २३ । सुनसरीको लौकहीमा गर्ने भनिएको नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गतको सभा स्थगित भएको छ । एमाले पार्टीलाई ‘मधेस विरोधी’ भन्दै स्थानीय जनताले कडा प्रतिकार गर्ने संकेत पाएपछि एमालेले सभा स्थगित गरेको हो ।

मोर्चाको विरोधका बावजूद मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सुनसरीको लौकहीमा राखिएको कोणसभा स्थगित गरिएको हो ।

मधेसी मोर्चाका कार्यकर्ताले अभियानमा अवरोध गर्ने सम्भावना बढेपछि लौकहीको कोणसभा स्थगित गरिएको हो । लौकहीमा आयोजना गर्ने भनिएको कार्यक्रम एमाले कै कार्यकर्ताहरु आउन डराएको जानकारी प्राप्त भएको छ ।
जनपरिचालन सोचे अनुसार नभएकाले गर्दा त्यहाँ कोणसभा नगरिकन एमालेका नेताहरु सिधै सप्तरीतर्फ लागेका छन् । मधेसी मोर्चाले सप्तरीमा बिहानैदेखि चक्का जाम र लाठी जुलुश प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्