मोर्चाले गर्यो एमाले उदयपुर जिल्ला अध्यक्षको गाडीमा तोडफोड

उदयपुर, फागुन २३ । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको कार्यक्रममा भाग लिएर फर्किने क्रममा नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउत चढेको गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

सुनसरीबाट सप्तरीको राजबिराज जाने क्रममा उनको गाडीमाथि तोडफोड गरिएको हो । उदयपुरबाट एमालेको टोली लिएर मेची–महाकाली राष्ट्रिय अभियानमा भाग लिन गएका अध्यक्ष राउतको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगा हानेका हुन् ।

ढुंगा प्रहारबाट गाडीकाे सिसा फुटेकाे र ढुंगाले लागेर राउद घाईते समेत भएको जिल्ला सचिव परमेश्वर घिमिरेले जानकारी दिएका छन् ।

मेची–महाकाली राष्ट्रिय अभियानको लागि उदयपुरबाट ६ वटा यात्रुवहाक बस, २ सय मोटर साइकल र ३० वटा जीपमा एमाले कार्यकर्ता सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्