राजविराजमा गोली चल्यो, एमालेको हठका कारण एकको मृत्यु, तीन दर्जन घाइते

काठमाडाै, फागुन २३।  नेकपा एमाले र अध्यक्ष ओलीको हठका कारण सप्तरीमा भएको हिंसात्मक झडपमा एक जनाले ज्यान गुमाउनु परेको छ । राजविराजमा प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएको भने अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ ।

एमालेको मेची–महाकाली अभियान  अन्तरर्गत सप्तरीमा भएको कार्यक्रम सकिएलगत्तै त्यहाँ भएकाे झडपमा रञ्जन मेहताको मृत्यु भएकाे छ भने रञ्जन नेपालकाे टाउकाे गाेली लागी गम्भिर घाइते भएका छन् । त्यस्तै अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ ।

कार्यक्रम विथोल्न उपस्थित मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा कारण त्यसक्षेत्र विहानैदेखि तनावग्रस्त थियो ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच भएकाे झडपमा प्रहरीले चलाएकाे थियाे  ।

एमालेको कार्यक्रम स्थलबाट झण्डै २०० मिटरको दूरीमा प्रहरीले चलाएकाे गाेली लागेर संजन मेहताको मृत्यु भएको हो । झडपमा प्रहरीसहित तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीलाइ साेध्दा ‘गाेली चलेकाे हाे, के- कति घाइते भए भन्नेबारे विवरण आउन बाँकी छ’  भन्ने जवाफ अाएकाे छ ।

कमेन्ट गर्नुहोस्