सप्तरीमा एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं, फागुन २३ । राजविराज मधेसीमोर्चा र प्रहरीबीचको झडपमा दुई जनाले ज्यान गुमाएपछि एमाले स्थायी कमिटीका नेताहरु आकस्मिक वैठक बस्दैछन् ।

सशस्त्र प्रहरी वेश क्याम्प बरमझियामा एमाले अध्यक्ष केपी अाेलीसहितका बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतकाे सभागिता रहनेछ ।

एमालेको मेची–महाकाली अभियान अन्तरर्गत सप्तरीमा आज भएको कार्यक्रम विथोल्न आएका मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

झडपमा दुई जना मधेसीमोर्चाका कार्यकर्ताहरुको ज्यान गएको छ । बैठकले यसै घटनासम्बन्धमा र भोलिदेखि हुने मेची महाकाली राष्ट्रिय अभियानबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्