ज्ञानेन्द्र र राष्ट्रपति भण्डारी एउटै मञ्चमा हुने कार्यक्रममा प्रधानमन्त्री नजाने

काठमाडौं, फागुन २४ । राष्ट्रपति बिद्यादेवी भण्डारी र पुर्बराजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नजाने भएका छन् ।

नवलपरासीको देबचुली नगरपालिकामा निर्माण गरिएको शास्वत धामको उद्घाटन तथा धर्मसभामा प्रधानमन्त्रीलाई समेत निमन्त्रणा गरिएपनि पूर्वराजा सहभागी हुने भएपछि प्रधानमन्त्रीले भ्रमण रद्द गरेका हुन ।

याे पनि पढ्नुस  लेनिनलाई यसरी सम्झिए प्रधानमन्त्री प्रचण्डले (विज्ञप्तीसहित)

धामको बिहान साढे नौ बजे राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी छिन् । धामको उद्घाटनपछि हुने धर्मसभामा पुर्ब राजा शाह दिउँसो १ बजे बिशिष्ट अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

पूर्व राजा समेत विशिष्ट अतिथी हुने कार्यक्रम थाहा पाएपछि प्रधानमन्त्रीले भ्रमण रोकेको श्रोतले बतायो ।

याे पनि पढ्नुस  देउवाजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने आपत्ति छैन– प्रधानमन्त्री प्रचण्ड

धामको उद्घाटन समारोहमा आर्ट अफ लिभिङका संस्थापक अध्यक्ष श्री श्री रबि शंकर सहित भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकबाट समेत सहभागी हुने चौधरी ग्रुपले जनाएको छ ।
१२ एकड क्षेत्रफलमा फैलिएको धाम बिश्व प्रसिद्ध खजुराहो शैलीमा निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्