राष्ट्रसंघद्धारा सप्तरी घटनाप्रति गहिलो चिन्ता व्यक्त्त

काठमाडौं, फागुन २५ ।  काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ ।

‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ । ‘भिडन्तमा भएका मृत्यु र घाइतेप्रति हामी चिन्तित छौं ।’ अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुन पाउने कुरामा हिंसाको कुनै स्थान नरहेको उसले जनाएको छ ।

याे पनि पढ्नुस  राष्ट्रसंघद्धारा क्रिकेट मैदानमा भएको आक्रमणको निन्दा

काठमाडौंस्थित अमेरिकी दूतावासले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो । तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’, दूतावासले वक्तव्यमा भनेको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

याे पनि पढ्नुस  आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

कमेन्ट गर्नुहोस्