प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु, सप्तरी घटनाको समीक्षा गर्दै

काठमाडौं, फागुन २५ । प्रमुख तीन दलको शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सप्तरी घटनापछि बद्लिएको राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न प्रमुख तीन दल सत्तापक्ष नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र  प्रतिपक्ष नेकपा एमालेका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

याे पनि पढ्नुस  चुनावमा सहमती जुटाउन कांग्रेस र मधेशी मोर्चासंग छलफल गर्दै प्रधानमन्त्री

छलफलमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, कंग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली  लगायतका शीर्ष नेता सहभागी भएका छन् ।

सप्तरी घटनापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसंग केही बेर अघि पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो ।मोर्चाले स्थानिय चुनाव रोक्न तथा सप्तरी घटनाको दोषीलाई कारबाही गर्न माग गरेको थियो ।

याे पनि पढ्नुस  प्रमूख तीन दलकाे बैठक बालुवाटारमा जारी,

एमालेको मेची महाकाली अभियान अन्र्तगत सोमबार राजविराजमा भएको मोर्चाको कार्यकर्ता र प्रहरीको झडपमा ३ जनाको मृत्यु र दर्जनौं घाइतेभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो माग पुरा नभए सरकारबाट समर्थन फिर्ता लिने जनाएको छ ।

मोर्चाले एमालेको हठ र उदण्ड प्रवृतिको कारण सप्तरी घटना घटेको आरोप लगाएको छ भने एमालेले सप्तरीको घटनाको जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने बताएको छ ।
सप्तरी घटनाको विषयमा समिक्षा गर्न प्रमुख तीन दलको बैठक बसिएको बताइएको छ ।

याे पनि पढ्नुस  बालुवाटार बैठकमा कसले के भने ?

कमेन्ट गर्नुहोस्