फागुन २५ । इस्लामिक स्टेट आइएसका लडाकुले अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम विष्फाेट भएकाे गराएका छन्छर ।
बम विष्फाेटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।
काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुईजना मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको ‘सिन्ह्वा’ले जनाएको छ ।
यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँचजना तालिबानी लडाकुहरुको मृत्यु भएको छ ।
‘डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँचजना तालिबानी लडाकुको मृत्यु भएको छ । उनीहरुसँगै रहेको दुईओटा सवारी–साधन, इन्धन भन्डारण गर्ने भाँडोलगायतमा क्षति पुगेको छ’–जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार सिन्ह्वासँग भने ।
ताजकिस्तानको सिमानामा पर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आमनागरिकको भने मृत्यु नभएको उनले बताए ।
मध्यएसियाको हिमाली देशका दुर्गम ठाउँहरुमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकुमाथि आक्रमण भइरहेको छ ।
गत शनिबार राति पनि अफगानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको थियो ।