सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

मोर्चा र व्यापारीबीच झडप, एमाले नेताका घर छानीछानी तोडफोड

काठमाडौं, फागुन २५ । सप्तरीमा भएको मधेसीमोर्चा र प्रहरीबीचको झडपमा प्रहरीको गोलीबाट हालसम्म चार जनाको ज्यान गएको घटनाले अहिले तराई तनावग्रस्त बनेको छ । घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिने तराई बन्दको आह्वान गरेको थियो ।

आज दोस्रो दिन पनि तराईका जिल्लाहरु तनावग्रस्त बनेको छ । बन्दकर्ताले बिहानैदेखि चोकचोकमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ ।
बन्दका कारण तराईमा यातायात संचालनमा आउने सकेको छैन भने धेरै ठाउँहरुमा बजारसमेत बन्छ रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  मोर्चा सहमतिमा आए दुई चरणमा चुनावः गृहमन्त्री निधी

बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै तराईमा प्रदर्शन गरिरहेका छन् । कपिलबस्तुको सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन समेत गरेका छन् ।

मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट ठप्प भएको छ ।

त्यस्तै मधेसी मोर्चाको बन्दका कारण पूर्वी तथा मध्य तराईको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना बन्द रहेका छन् ।

त्यस्तै मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत एमाले नेताहरुको घर छानीछानी तोडफोड गरेका छन् ।

याे पनि पढ्नुस  मोर्चाले गर्यो आन्दोलनका कार्यक्रमहरु स्थगित

राजविराज–९ स्थित यादवको घरमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । त्यस्तै एमाले सांसद रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयामासमेत मोर्चाका कार्यकर्ताहरूले तोडफोड गरेका छन् ।

राजविराजस्थित एमाले पार्टीकार्यालयमा पनि मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् भने व्यानर र झण्डा जलाएका छन् । राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् ।

स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमासमेत तोडफोड गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुंगामुढा गरिएको छ ।

याे पनि पढ्नुस  चुनाव घोषणाकै दिन आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

निकै आक्रमक रुपमा देखिएका मधेसीमोर्चाका कार्यकर्ताहरुले पसल बन्द गराउँदै हिड्ने क्रममा वीरगन्जको घण्टाघरमा व्यवसायीमाथि हातपात गरेका छन् । पसलहरु बन्द नगरेको भन्दै व्यवसायीमाथि हातपात गरेपछि व्यवसायीहरुले प्रतिकार गर्दा केहीबेर झडप भएको हो ।

एमालेकाे मेची महाकाली अभियानलाइ विथाेल्न खाेज्दा प्रहरी र माेर्चाका कार्यकतार्बीच साेमबार झडप भएकाे थियाे । झडपमा प्रहरीले गाेली चलाउँदा तीन जनाकाे साेमबार नै र एक जनाले बुधबार ज्यान गुमाएका छन् । त्यसैकाे विराेधमा तराइमा अहिले माेर्चा अाक्राेसित बनेका हुन् ।

कमेन्ट गर्नुहोस्